एमालेले टिकट खोसिदिएपछि एमाले घोषणा गरेको नेता घनश्याम भुसालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको समर्थनमा मनोनयन दर्ता गराएका छन् । भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ ।
संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने उनले बताए ।
प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।