भावि प्रधानसेनापति मानिएका प्रभुराम शर्माको रथीमा बढुवा

२१ बैशाख, काठमाण्डौं । भावि प्रधानसेनापतिको रुपमा भनिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ । आज आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्जयानी चिन्ह लगाइ दिएका छन् ।
मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका छन् । बलाध्यक्ष रथी गौरव तण्डुलले १९ वैशाखबाट अवकाश पाएका छन् । अर्का रथी शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अवकाश
पाउँदैछन् ।
त्यसपछि प्रधानसेनापति थापामुनिको वरियतामा शर्मा उक्लनेछन् । उनले भारतबाट नेश्नल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । हालका प्रधानसेनापति थापाले २०७८ पुसमा अवकाश पाउनेछन् ।