नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्यागको घोषणासँगै उनी निकट रुपन्देहीका नेता कार्यकर्ताले उक्त कदम उचित भएको टिप्पणी गरेका छन् । पार्टीमा नेता भुसालको नीति लागू भएको तर नेतृत्व अराजक भएको कारण पार्टी परित्याग गर्नुपरेको उनीहरूले बताएका छन् ।
शनिबार रातोपाटीको संवादमा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्यायले भने, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुश र तानाशाही प्रवृत्तिले गर्दा घनश्याम भुसालले पार्टी परित्याग गर्नुपरेको हो ।’ पार्टीमा नीति भुसालको लागू भए पनि ओलीको नेतृत्व अराजक प्रकारको भएकाले समस्या उत्पन्न भएको उपाध्यायले टिप्पणी गरे । घनश्याम भुसालको पक्षमा रुपन्देहीका धेरै नेता कार्यकर्ता लामबद्ध रहेको उपाध्यायले उल्लेख गरे । भुसालले पार्टी परित्याग गर्नु उपयुक्त कदम भएको उनको तर्क छ । आफ्नो समर्थन पनि भुसालप्रति रहेको उनले बताए ।

एमाले रुपन्देहीका अर्का नेता किरण नेपालले पार्टीमा सैद्धान्तिक वैचारिक नीति कायम गर्न धेरै योगदान दिएका नेता भुसाललाई नेतृत्वले निषेध गर्ने चेष्टा गरेकाले भुसालले उचित कदम चालेको उल्लेख गरे । पार्टीमा व्यक्तिवाद हाबी भएको भन्दै ओली नेतृत्वले अराजकता सृजना गरेको उनको भनाई छ । नेपालले भने, ‘घनश्याम भुसालले सोचेरै पार्टी परित्याग गर्नुभएको छ, पार्टीमा एकाधिकारविरुद्ध लड्दै आउनुभएका भुसालले नेतृत्वको अराजकता सहन नसकेर पार्टी परित्याग गर्नुभएको हो ।’ पार्टीमा केपी ओलीले व्यक्तिवादी प्रवृत्ति देखाउँदा समस्या उत्पन्न भएको उनको तर्क छ । भुसालको निर्णय उचित भएको उनले बताए ।
एमाले रुपन्देही उपाध्यक्ष एवं तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले भुसालले पार्टी परित्याग गर्नु दुखद् भएको टिप्पणी गरिन् । भुसालको बहिर्गमनले पार्टीलाई ठुलो क्षति पुगेको उनको भनाई छ ।
रुपन्देहीका अन्य एमाले नेता पुरुषोत्तम घिमिरे, खेम लुइँटेल, हरि अधिकारीलगायत भुसाल निकट मानिन्छन् ।
रातोपाटीबाट