विश्व बैंकका उपाध्यक्ष मार्टिन रायस नेपाल भ्रमणमा

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रायस नेपाल भ्रमणमा आएका छन् । सोमबार बिहान नेपाल आएका मार्टिनले नेपालको संघीयता मामिलाका साथै देशको आर्थिक विकास तथा उत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

मार्टिन रायसले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेका छन् । सो अवसरमा उनले नेपालको संघीयता र हरित, लचिलो र समावेशी विकास ९ग्रिड० का लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँग मार्टिनको नेपालको दीगो विकास, आर्थिक पुनरुत्थान तथा विकास साझेदारीको विषयमा छलफल भएको बताइएको छ ।

‘नेपालसँग हरित, लचिलो र समावेशी रूपमा विकास गर्ने अवसर छ र धेरै यी विकास निर्णयहरू स्थानीय स्तरमा लिनु आवश्यक छ’ मार्टिन रायसले भने, ‘विश्व बैंक नेपालको संघीय प्रणालीलाई प्रादेशिक सशक्तिकरण गर्न थप सहयोग गर्न प्रतिबद्ध छ । स्थानीय सरकारहरू र जनतालाई सेवा र रोजगारीका अवसरहरू ल्याउनुहोस् ।’

सोही अवसरमा नेपालका लागि विश्व बैंक समूहको कन्ट्री क्लाइमेट एण्ड डेभलपमेन्ट प्रतिवेदन समेत सार्वजनिक गरिएको छ । उक्त प्रतिवेदनले नेपालमा कम कार्बन उत्सर्जनका साथै लचिलो विकासलाई समर्थन गर्ने गरी उपायहरु प्रस्ताव गरिएको छ ।

प्रभावित क्षेत्रहरु जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुलुकको विकासमा केन्द्रित हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।