किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु

एजेन्सी

किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो । सीमा विवादलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच नियमित रूपमा झडपहरू भइरहेका छन् रुसी  राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशलाई आफ्ना मतभेद शान्तिपूर्ण रूपमा समाधान गर्न अपिल गरेका छन् ।

ताजिकिस्तान र किर्गिजस्तानबीचको सीमामा रहेको १ हजार किलोमिटर भूभागमध्ये एक तिहाइ विवादित छ । गत वर्ष दुई देशबीच सीमामा भएको विवादमा करिब ५० जनाको मृत्यु भएको थियो ।

ताजिकिस्तानले आफ्ना ३५ नागरिकको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएको बताएको छ। अन्तर्राष्ट्रिय दबाबबीच शुक्रबार दुवै पक्षले युद्धविराममा हस्ताक्षर गरेका छन् ।