साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने

श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ ।

आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।

समूह ुबीु मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ ।