महारानीको निधनमा शोकमा डुब्यो ब्रिटेन

एजेन्सी

सबैभन्दा लामो समयसम्म ब्रिटेनकी महारानी रहेकी एलिजाबेथ द्वीतीयको मृत्युको खबर सार्वजनिक भएलगत्तै देशभरीका विभिन्न स्थानमा फूल राखेर उनलाई श्रद्धाञ्जली दिइँदै छ ।

ब्रिटेनको राजनिवास बकिंघम प्यालेस बाहिर हज्जारौँ मानिस जुटेका छन् र उनको सम्मानमा फूल राखिरहेका छन् । मानिसहरु महारानीको घरको तस्बिर लिइरहेका छन् जहाँ आधा झण्डा झकेको छ ।

बकिंघम प्यालेस बाहिर महारानीको निधनको खबर सुनेर भावुक भएकी एक महिला

बकिंघम प्यालेसको मुख्य ढोकामा उनको निधनको सूचना राखिएको छ ।

बकिंघम प्यालेसको तर्फबाट जारी आधिकारिक घोषणामा महारानीको निधन बिहिबार अपरान्ह स्कटल्याण्डको बालमोरल क्यासलमा भएको बताइएको छ ।

विन्डसर क्यासल महारानीको प्रिय निवास थियो । यहाँ बस्ने स्थानीय उनलाई आफ्नो छिमेकीको रुपमा हेर्दथे ।

विन्डसर क्यासल बाहिर श्रद्धाञ्जली दिँदै मानिसहरु

लण्डनको एक स्टेडियममा वेस्ट ह्याम युनाइटेड र एफसीएसबीबीच युरोपा कन्फरेन्स लिग फुटबल प्रतिस्पर्धा अघि एक मिनेटको मौन धारण राखियो ।

महारानीको अर्को निवास स्कटल्याण्डको एडिनबरास्थित द प्यालेस अफ हलिरुडहाउसमा, शोकाकुल मानिसहरुले फूल राखे र दिवंगत महारानीप्रति सम्मान प्रकट गरे । यो बुकेमा सरल सन्देश लेखिएको थियो ।

लण्डनको चर्चित स्थल पिकाडिली सर्कस (चौबाटो) मा राखिएको यो विशाल बिलबोर्डमा महारानीको तस्बिर प्रदर्शित गरिएको छ जसले मानिसको ध्यान तानिरहेको छ ।