काठमाडौं । नाबालीका लाई यौन दुरुपयोगको मुद्दामा हिजो मात्र नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।
हिजो मात्र नवलपुर जिल्ला अदालतले पललाई बलात्कार मुद्दामा सफाइ दिदै बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकन निवेदन दिने तयारीमा रहेको बुझिएको छ ।
यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।