दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार

२२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् ।

शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए ।
पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भनेका छन्, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’