कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु २०६ जनामा संक्रमण

१७ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ३ जनाको मृत्‍यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।

सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

आज कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ । आजै ३९८ जना संक्रमणमुक्त भएका छन् ।