१४ भदौ, काठमाडौं । आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज देशैभरी रमाइलोको साथ मनाइरहेका छन् ।
भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाहरूको भीड लागेको छ ।
रातो सारी र गहनाले सजिएका महिलाहरू बिहानैदेखि पशुपतिमा पूजा गर्न लाइनमा बसेका छन् । कोही पूजा गर्दैछन् भने कोही पशुपतिनाथको दर्शन गर्दैछन् ।
कोही समूह बनाएर नाचगान व्यस्थ छन् भन् कोही फोटो सेसन र कोही पुजाआजमा व्यस्थ छन् । हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् र विवाहित महिलाले आफ्नो श्रीमान्को नाममा ब्रत बस्दछन् भने अविवाहित महिलाले राम्र्रो वर प्राप्तिको लागि ब्रत बस्ने चलन रहेको छ ।
आजको दिन व्रत बसी शिव(पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास
गरिन्छ ।