बैंकिङ कसुर मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएर ललितपुर बस्दै आएका राजेश सुनुवार छन् ।
५६ वर्षीय सुनुवारलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको छ ।
सुनुवारले बैंक खातामा पैसा भएको जानकारी हुँदाहुँदै दिपक थापालाई दिएको ५ लाखको चेक बाउन्स भएको थियो । चेक नसाटिएपछि थापाले उनीविरुद्ध जाहेरी दिएका हुन् ।
भदौ १३ मा पक्राउ गरेर आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।