राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बगर र बेनी जोड्ने बेलिब्रिजको निर्माण छिटो सक्न निर्देशन

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज पर्वत जिल्लाकोे जलजला गाउँपालिका २ बगर र म्याग्दी जिल्लाको बेनी जोड्ने पुलको निरीक्षण गर्न त्यहाँ पुगेका छन् । अध्यक्ष तिमिल्सनाले पुलको कामलाइ छिट्टो अगाडी बढाउन निर्देशन दिएका छन् । साथै तिमिल्सनाले पर्बत बगरको स्थलगत अवलोकन गरेका छन् । बेनी र बगर जोड्ने पुलको बारेमा आफ्नो तर्फबाट पहल भइरहेको बेनी नगरपालिका प्रमुख र जलजला गाउँपालिका प्रमुखलाई समेत बेलिब्रिजको निर्माण प्रक्रिया छिटो प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।

अध्यक्ष तिमिल्सिना पितृ शोकमा पर्नुभएका संबिधान सभा सदस्य एवं एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा र उहाँको परिवारलाई समवेदना प्रकट गर्न जलजला गाउँपालिका वडा नं २ उहाँको निवासमा समेत पुगेका छन् । सो ही क्रममा स्थानीय बासिन्दा , जनप्रतिनिधि लगायतसंग सँग भेटघाट र बगर वासीको समस्या सुन्दै प्रमुख समस्याको रुपमा रहेको बेनी र बगर जोड्ने पुलको बारेमा आफ्नो तर्फबाट पहल भइरहेको आश्वासन दिएका थिए ।