भक्तपुुरमा यातायात मजदुर र अन्य प्रकारका मजदुरलाई राहत वितरण

२० बैशाख, भक्तपुर । कोरोना भाइरसका कारण लकडाउनमा परेपछि आज भक्तपुरमा सार्वजनिक यातायातमा चालक र सहचालकको काम गर्दै आएका यातायात मजदुरलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भक्तपुर मिनिबस इकाइ कमिटीले मजदुरहरुलाई राहात वितरण गरेको प्रकाश बस्नेतले जानकारी दिए । ७५ जना यातायात मजदुरहरुलाई केन्द्रिय अध्यक्ष भिमज्वाला राई र महासचिव नवराज घिमिरेको उपस्थितिमा राहत वितरण गरिएको हो । राहतमा चामल, दाल, नुन, तेल, आलु, मस्यौरा प्रदान गरिएको छ ।
बालकोटमा बस्नेलाई राहत
सुर्यविनायकका युवाहरुले बालकोटमा दैनिक ज्याला मजदुरी गरिखाने मजदुर र कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । बालकोट युवा समूहले सुर्य्विनायक नगरपालिका वडा नम्वर २ र ३ मा कोठाभाडामा बस्ने करिव ११ सय परिवारलाई टोल–टोलमा पुगेर खाद्यान्न वितरण गरिएको छ ।