राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण

५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ परिषद्‌ ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।