५ भदौ, काठमाडौं । नेपालमा थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८१६ जनाको पीसीआर परीक्षणमा २०२ जना र १ हजार ६०७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २८६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाबाट ४७९ जना निको भएका छन् भने हाल देशभर ४ हजार ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ हजार १५५ जना होम आइसोलेसनमा रहेका छन् भने १९३ जना संस्थागत आइशोलेशन र ५१ जना आईसीयूमा छन् ।
यस्तै ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२७ पुगेको छ ।