वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा उनले चलाएको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो। शनिवार साँझ कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अहिलेसम्म सनाखत हुन सकेको छैन।

इलाका प्रहरी कार्यालय दमकका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो।

साँझ सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । अहिले वडाध्यक्ष राई प्रहरी नियन्त्रणमा छन्।