प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आज दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।