रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन – बेलायत

एजेन्सी

रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको  विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने । ‘हामी जी २० बैठकमा रुसको युद्धको प्रभावहरू विचार गर्न सुनिश्चित गर्न इन्डोनेसियाको प्रयास र जी २० नेताहरूको शिखर सम्मेलनमा चिनियाँ नेता सि जिनपिङले प्रतिनिधित्व गर्न सक्ने संकेतलाई भने स्वागत गर्दछौँ । ’

जी २० को बैठक इन्डोनेसियाले यही नोभेम्बरमा आयोजना गर्दैछ । बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सि जिनपिङ सहभागी हुनेछन् ।