मध्यराती बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प

४ भदौ, काठमाडौं । नेपालमा लगातर भुकम्पको धक्का गरिरहेका छन् । यसरी जाने क्रममा हिजोराती पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।