नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सत्तारुढ दलको निर्णय

३० साउन, काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन आज गठबन्धनको बैठक बसेको थियो । बैठकले दुबै संसदले पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ।