सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै : आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै

१ भदौ, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज पनि बस्दैछ । आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।

गत २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो ।