संक्रमण ज्यादै फैलिए घरमै उचार गरिने

२० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रुपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ ।
कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो ।
रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।
सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था छैन ।
समाचार आजको राजधानी दैनिकबाट