लकडाउन भरीको तलब दिन निर्देशन

२० वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण लकडाउनमा परेपछि सबै अफिस, कलकारखाना, उद्योग, दैनिकी कामकारवाही ठप्प भएपछि मजदुरहरुले काम गर्न नपाएको र तलब समेत नपाइएको अवस्थामा सरकारले हालै निर्णय गरे अनुसार औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने भएका छन् ।
सरकारले गरेको निर्णयअनुसार लकडाउनका कारण निकै समस्यामा परेका उद्योगले पनि चालू आर्थिक वर्षको वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने र बाँकी ५० प्रतिशत तलब लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमश भुक्तानी गर्ने व्यवस गर्नुपर्ने निर्णय सरकारले गरेको छ ।
राजधानी दैकिकबाट