रायो भालेकानोले बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्यो

एजेन्सी

२९ साउन, काठमाडौं । स्पानिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ ।

घरेलु मैदान, नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रोबर्टो लेभान्डोस्की, राफिन्हालाई डेब्यू गराएको थियो । तर बार्सिलोनाले गोल गर्न सकेन ।

अर्को खेलमा भियारियले रियल भालाडोलिडलाई ३-० ले हराएको छ भने स्पानियोल र सेल्टाभिगोले २-२ को बराबरी खेलेका छन् ।