जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुनः अनुबन्ध

जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुनः अनुबन्ध गरेको छ । इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन् । उनी २५ मिलियन पाउन्डमा जर्मनी फर्किएका हुन् ।

उनले २०२६ सम्मका लागि सम्झौता गरेका हुन् । उनले चेल्सीमा ८९ खेलमा २३ गोल गरेका थिए ।

उनलाई अनुबन्ध गर्न लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिको मड्रिडले इच्छा व्यक्त गरेका थिए ।