प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न डा. बाबुराम भट्टराई बालुवाटारमा

२४ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका थिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् ।

समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल भएको बुझिएको छ ।