थप १ हजार ९० जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमण बढ्ने क्रममा आज थप १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको
हो ।

सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा संक्रमण पुष्टि भएको छ ।

आजै ४३८ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।