पूर्ण समानुपातिकमा जाँदा एमालेले ७०, कांग्रेस ६९, माओवादी ३३ र एकीकृत समाजवादी १० सिट ल्याउने महेश बस्नेतको भनाइ

२४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले आजको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीलाई स्थायी प्रतिपक्षी हुने शुभकामना दिर्दै दुवै पार्टीको शुभकामना हास्यास्पद रहेको उनको भनाइ छ ।

उनले अगाडी भने, त्यो ३३ सिट र १० सिटवाला साथीहरु हामीलाई स्थायी प्रतिपक्षी बनाउनको निम्ति शुभकामना
दिनुहुन्छ । यो हास्यास्पद तर्क कति जनताले पत्याउँछन् मलाई थाहा छैन ।

सांसद बस्नेतले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाँदा पनि एमाले पहिलो ठूलो दल हुने दावी गरे । ‘स्थानीय तहको निर्वाचनमा आएको मत परिणाम हेर्दा झण्डै ३४ प्रतिशत पपुलर भोट ल्यायो ।

पूर्ण समानुपातिकमा जाँदा एमालेले ७० भन्दा बढी सिट ल्याउँछ । कांग्रेसले ६८र६९ सिट ल्याउँछ । माओवादीले ३३ सिट ल्याउँछ र हामीसँग विभाजित भएर गएको नेकपा एसले १० सिट ल्याउँछ ।’