राती सुतिरहेको बेला वडाध्यक्षमाथि गोली प्रहार

१९ बैशाख, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि आज शुक्रबार बिहान १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ । खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो ।
दुई जना अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेपनि उनलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।