“जाग जाग” बोल गीतका गायीका रनु देवी पौडेलको निधन

१९  बैशाख, काठमाडौं । । हिजो बिहिबार सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा गायिका रानु देवी पौडेलको निधन भएको छ । ८५ बर्षीय रानुको आज शुक्रबार अन्त्येष्टी गरिने बताइएको छ ।
२००७ सालको क्रन्तिको प्रचार प्रसारका लागि बिराटनगरको बोर्डरमा ‘प्रजातान्त्रिक नेपाल रेडियो’ खोलिएको थियो । उनी त्यसको पहिलो गायिका हुन् । उक्त रेडियोबाट उनले नेपालमै पहिलो पटक लाइभ गीत गाएकी थिइन् । उनले सो बेला प्रजातान्त्रिक आन्दोलनका लागि सर्वसाधारणलाई उत्साह र हौसला प्रदान गर्ने खालका ‘जाग जाग’ बोल लगायत केही क्रान्तिका गीतहरु गाएकी थिइन् । त्यसपछि कलकत्तामा गएर ५ वटा गीत रेकर्ड गराएकी थिइन् ।
उनले २०६१–०६२ मा ५६ बर्षपछि ‘जागे नेपाली उठे नेपाली शान्ती लिएर’ भन्ने गीत गाएकी थिइन् । रानु पछिल्लो समय मैतिदेवी स्थित छोरीको घरमा बस्दै आएकी थिइन् । उनको एक छोरा पनि छन् । उनी अमेरिकामा रहेकोले छोरीसँगै बस्दै आएकी थिइन् ।
रानुले ५६ बर्ष पछि गीत गायको बिषयमा एउटा बृत्तचित्र समेत बनाइएको छ ।