पत्रकार पाठकलाई यथाशिघ्र रिहा गर्न महासंघ काठमाण्डौं शाखाको माग

बैशाख १९, काठमाण्डौ । महासंघको काठमाडौं शाखाका सदस्य, केन्द्रीय पार्षद, रेडियो नेपालका बोर्ड सदस्य र मार्गदर्शन न्युज डटकम अनलाइन पोर्टलका सम्पादक समेत रहेका पत्रकार दीपक पाठकलाइ प्रहरीले हिजो कोटेश्वर उनकै निवासबाट प्रहरीले पक्राउ गरेर गुपचुप ढंगले विद्युतीय कारोबारको अभियोग लगाएको बुझिन आएकोले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकार पाठकलाई विद्युतीय कारोबार सम्बन्धि अभियोग लगाएको प्रति आपत्ति जनाउँदै अविलम्ब रिहाईको माग गरेको छ ।
सामाजिक सञ्जालमा स्टाटस लेखेको निहुँमा यस्तो खाले अभियोग लगाएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको काठमाडौं शाखाले जनाएको छ । महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका पाठकलाई ‘बैंक तथा वित्तिय संस्थाका तथ्याङ्कहरुको कारोबार र त्यसले विद्युतीय माध्यममार्फत गर्ने कारोबारको दुरुपयोग’ लाई लक्षित गरी ल्याइएको विद्युतीय कारोबार ऐनको दफा आकर्षित गरी थुनामा राख्नु र मुद्दा चलाउने प्रयास गर्नु कानुनको अपव्याख्या, दुरुपयोग तथा नियोजित मनसाय हो भन्ने स्पष्ट हुन्छ ।
महासंघले कोही कसैको मयार्दामा आँच आउने किसिमको अभिव्यक्ति फेसबुक स्टाटसबाट भएको छ भने पनि सरोकारवाला निकायको समन्वय र रोहबरमा आगामी दिनमा त्यस्ता गल्ति नदोहोर्याउने प्रतिवद्धताका आधारमा पत्रकारका हकमा प्रहरीले रिहा गरेका घटना प्रशस्त रहेको तर पत्रकार पाठकलाई भने लामो समयदेखि लकडाउनको असरले विषयान्तर गरी अभियोग लगाउन खोजिएको आरोप लगाएको छ ।
मशहासंघ काठमाडौं शाखाले आफूहरु पत्रकारलाई राहत तथा अन्य उद्धारका कार्यमा केन्द्रीत भइरहेको बेला अकस्मात कसैलाई थाह नदिई पत्रकारलाई हिरासतमा लिनु, पक्राउ गर्नुअघि नै २ दिनको म्याद थपिनु र हतासमा मुद्दा चलाउने प्रयास गरिनुजस्ता घटना पुर्वाग्रही, पुर्वनियोजित र षड्यन्त्रमुलक भएको स्पष्ट पारेको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्तले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ, ‘हामी उक्त घटनाको भत्सर्ना गर्दै लोकतान्त्रिक राज्यमा संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्न आग्रह गर्दछौं । पत्रकार महासंघ काठमाडौं शाखामा आवद्ध केही लेखक–पत्रकारलाई यसअघि पनि पटक–पटक आस्था तथा विचार अभिव्यक्तिका आधारमा सुरक्षाकर्मीले पक्राउ गर्ने र मानसिक तनाव दिने काम हुँदै आएको थियो ।
राष्ट्र चौथो अंगबका साथै एबक कलमजिवी पत्रबकार त्यसमा पनि राज्यले नै पत्यार गरेर प्रेस काउन्सिल र रेडियो नेपाल जस्ता निकायको सञ्चालक बोर्डमा नियुक्त गरिसकेको व्यक्तिलाई यसरी पक्राउ र धरपकड गर्नु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि दिनप्रतिदिन खतरा बढेको र पत्रकारमाथी कुनै न कुनै दिन, केही न केही बहानामा जतिबेला पनि प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको संकेत मिलेको उल्लेख गर्दै विज्ञप्तीमार्फत यस्ता घटना आगामी दिनमा नदोहोरिउन र पक्राउ परेका पत्रकार पाठकलाई अविलम्ब रिहा गर्न महासंघले बिज्ञाप्ती मार्फत् जोडदार माग गरेको छ ।