कोरोना भाइरस चीनले ल्याबबाट फैलाएको ट्रमको दाबी

बैशाख १९, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्रकार सम्मेलनमा बोल्दै चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको दाबीसमेत गरेबका छन् । ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् ।
बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई पूरा विश्वासको साथ तपाईंले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ, तपाईंसँग त्यसको प्रमाण छ भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘छ मसँग । मैले देखेको छु । चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी र्गयो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताए । यसको जवाफ पाउन बाँकी रहेको ट्रम्पले बताए ।
ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको पक्षपोषण गरेको आरोप लगाए । उनले यसमा डब्ल्यूएचओलाई लाज लाग्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘डब्ल्यूएचओले चीनको पब्लिक रिलेसन जसरी काम गरेको छ ।
सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । अहिले यस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । विश्वभर ३२ लाख भन्दा बढी संक्रमित र २ लाख ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।