रुदै घर पुगेको दिन बिर्सन सकियन
२०५४ देखि २०६४ सम्म जनबादी कलाकार भयर जनताका उझाकार का न्याय तथा अभिनय गर्दै अघाडी बडियो जीवनकालमा भुल्नै नसकिने छेणहरु कालिकोट जिल्लाको रास्कोट स्युना स्कुलमा भब्य कार्यक्रम थियो हामी नाच्दै थियौ तेहि बेला आकाश मा दुई हेलिकप्टर तीन फन्का लगाउदै थियो जनता भागदौड गर्दै मैदन खालिभएको थियो हामी पनि भाग्दै भाग्दै फुग्गाड खोलामा डेस्र नखोली रुदा–रुदै भागेका थियौ । मेरो दिदी पनि हुनु हुनुहुन्थ्यो दिदी पनि रुनु भयो घरमा पनि आमा बा हरु छोरा छोरी मरे होलान भनेर हुँदै थिए, तर हिड्दा हिड्दै घर राती पुगेका थियौ त्यो याद घरी–घरी आईरहन्छ । जब शान्ती प्रक्रियामामा आईसके पछि हामी लगायत समस्थ कार्यकर्तालाई जस्ताको तस्तै भएको छ । अहिलेको परिस्थितिमा भन्ने हो भने, बलिदान, त्याग, तपस्या बिनाका मान्छेको आज हालिमुहाली भएको छ । हिजोका सहिद, अपाङ्ग,घाइते, बेपत्ता परिवारलाई बिर्षेर विलासी जिन्दगीमा रमाउने काम तात्कालीन माओवादीको नेतृत्वले गर्दा उत्पीडित, दलित, पिछडिएका महिला लगायतको समस्या नबुझ्दा देशमा आज फेरि क्रान्तिको आबश्य देखेको छु । हिजोका मुद्दालाई बिर्षेर आफ्ना ईच्छा र चाहनालाई परिवर्तन गर्नु नै महान गल्ती थियो । तत्कालीन माओवादी र आजका संसदीय दलका नेताहरुको रबैयाले गरिब जनता र उत्पीडित समुदायलाई यो आजको ब्यबस्थाले न्याय नदिने हुँदा एक पटक नेपालमा संसदीय पुँजिबाद ब्यबस्थालाई अन्त्य गर्दै नयाँ जनबादी अथवा बैज्ञानिक समाजबादले जनताको समस्यालाई हल गर्छ भन्नेमा बिसबास लिएको छु ।
बिश्वलाई नै चकित पद, पावर र पैसाको लागि शहरमा बसेर राजनीति गर्नेहरुले आज ग्रामीण ईलाकाका उत्पीडित, जनजाती, दलित पिछडिएका बर्गलाई अधिकारबाट बञ्चित गरिएको छ । यति हुँदाहुँदै सारा अधिकार खुम्च्याएर केन्द्रीकृत सत्तामा निहित गर्छ र घुमीफिरी देशका विकसित सहरहरुमा मात्र शासनको अनुभूति हुने र पिछडिएको वर्ग जाति, क्षेत्रका समुदायलाई विगतकै निरन्त्रता दिने र हुने हो भने यो संघीयता अथवा संसदीय दलाल ब्यबस्थालाई जनताले किन मान्नु पर्ने ? जनताका अधिकारलाई टाउकाले टेकेको अर्थ लाग्नेछ । समयमै सबैले ध्यान नदिए नेपालमा पुँजिबाद हाबी हुँदै जाने र गरिब जनताले संसदीय दलाल ब्यबस्थालाई मालिक भनेर ढोक्नु पर्ने हुन्छ । त्यसैले नेपालमा एक पटक क्रान्ति आबश्यक छ बैज्ञानिक समाजबाद को लागि ।
हाल : वैदेशिक रोजगार कतार