पाकिस्तान फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध हट्यो

एजेन्सी

दक्षिण एसियाली मुलुक पाकिस्तानको पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै फिफाले पीएफएफ माथिको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो।

फिफाले सन् २०२१ को अप्रिलमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसँगै पीएफएफलाई प्रतिबन्ध लगाएको थियो।

फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ। यस्तै, फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा फेरि प्रतिबन्ध गरिने जनाएको छ।