वलिउडका अभिनेता ऋृषि कपुरको क्यान्सरबाट निधन

बैशाख १८, काठमाडौं । हिजो मात्रै वलिउड अधिनेता इरफान खानको मृत्यु भएको एक दिन नबित्दै फेरि बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
उनको परिवारिक स्रोतका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वास सम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए ।
उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए ।