मलाई पुनः राष्ट्रपति बन्नबाट चिनले जे पनि गर्न सक्छ –ट्रम

बैशाख १८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए । उनले अहिले चीनले कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणको लागि चालेको प्रयास यसको एक प्रमाण रहेको बताए ।
ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागि लगातार चीनलाई आरोप लगाउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म यो महामारीको कारण ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यसका साथै अर्थतन्त्रमा पनि ठूलो गिरावट आएको छ भने बेरोजगारी पनि ऐतिहासिक रुपमा बढेको छ ।
ट्रम्पमाथि कोरोना भाइरसको महामारीलाई गम्भीररुपमा नलिएको आरोप लागेको छ । समयमा नै आवश्यक कदम नचालेकाले अहिले अमेरिकामा यो भाइरसको महामारी फैलिएको विशेषज्ञहरुले बताउँदै आएका छन् । तर, ट्रम्पले भने विश्वले छिटै यसलाई गम्भीरताको रुपमा लिन चीन सक्रिय बन्नुपर्ने बताएका छन् ।
अमेरिकाले यो विषयलाई लिएर चीनमाथि अतिरिक्त कर लगाउँछ त ? भन्ने पश्नमा ट्रम्पले भने, ‘म धेरै काम गर्न सक्छु ।
पछिल्लो समय अमेरिका र चीनको बीचमा महामारीको विषयलाई लिएर द्वन्द्व बढेको छ । यसअघि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस बताउँदै आएका थिए भने चीनले यो विषयलाई लिएर आपत्ति जनाएको थियो ।
आगामी नाभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धीको रुपमा डेमोक्रेटिक पार्टीका जोन बाइडन रहनेछन् ।
स्रोत : बीबीसी