सबै सदस्यका आ–आफ्ना धारणाः प्रधानमन्त्री ज्यूले महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल आग्रह

– प्रचण्ड

काठमाण्डौं ,बैशाख १७ । सबै सदस्यका आ–आफ्नो धारणाः प्रधानमन्त्री ज्यूले महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल आग्रह – प्रचण्ड
ओलीभन्दा अगाडि बोलेका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आरोप लगाएका थिए । पार्टी एकतापछि केन्द्रीय समितिको बैठक लगतै ओलीले गुटको भेला गरेर एकता विरोधी काम गरेको तर आफूहरु एकताको त्याद्रो समातेर बसेको उनले बताए ।
उनले ओलीलाई प्रधानमन्त्री पद त्याग गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएको स्रोतको दाबी छ । निकै कडा रुपमा प्रस्तुत भएका उनले प्रधानमन्त्री ओलीलाई महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल सल्लाह दिएका छन् ।
अरू नेताले के भने ?
ओलीको प्रस्तापछि अरु नेता बोलेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैको नेतृत्व गर्न नसकेको बताए ।
अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खारेज भएपनि जनतामा भ्रम बाँकी नै रहेको बताए । साथै उनले पार्टी कमिटीले राजीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने धारणा राखेको स्रोतले बताएको छ । उनले भने, पार्टीले निर्णय गरेपछि कसैले पनि मान्दिन भन्न पाइन्न ।
उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्ताव आफूले पत्याइनसकेको बताए । तर यसले ओली प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको भन्ने बुझिएको भन्दै उनले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
रामबहादुर थापा बादलले भने प्रधानमन्त्रीले राजीनामा दिन नहुने धारणा राखेका छन् । उनले बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव समेत उपयुक्त नभएको धारणा राखेको स्रोतको दाबी छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कम्युनिस्ट विधि र सिद्धान्तअनुसार चल्नुपर्ने र एकता जोगाउनुपर्ने बताए । ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्तावको समर्थन
गरे । त्यसपवपरित जान खोजे प्रतिवाद गर्ने चेतावनी दिए । महासचिव विष्णु पौडेलले पनि ओलीको प्रस्तावको समर्थन गर्दै यो समाधान हुनसक्ने बताएको एक स्रोतले बताएको छ ।

समाचार अनलाइन खबरबाट