दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हरायो

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ ।

बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १(१ को अवस्थामा आइपुगेको छ । पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको थियो । श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर १ बलमा सवै विकेट गुमाउँदै १८९ रनमा समेटिन पुग्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७ रन जोड्दा ग्लेन म्याक्सवेलले ३० रन बनाए । श्रीलंकाका चामिथा करुनारत्नेले सर्वाधिक तीन विकेट लिए । यसअघि वर्षाले प्रभावित खेलमा पहिले टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पार्यो ।

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधि ३६ रन जोडे । यस्तै, कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४ रन
जोडे । अष्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक ४ विकेट लिए ।