न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका सन् २०२२ को विश्वकपमा छनोट

न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा छनोट हुने अन्तिम टोली बनेको छ ।अन्तरमहादेशीय प्लेअफ खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १(० गोलले हराएको हो ।

खेलको तेस्रो मिनेटमा जोएल क्याम्बेलले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६९ औँ मिनेटमा कोस्टा बारबारोसले रातो कार्ड खाएपछि न्युजिल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो ।

जीतसँगै कोस्टारिका समूह ईमा प्रवेश गरेको छ । यो समूहमा स्पेनसँगै, जर्मनी र जापान रहेको छ । आगामी २१ नोभेम्बरबाट सुरु हुने विश्वकपमा कोस्टारिकाले २३ नोभेम्बरमा सन् २०१० को विश्व विजेता स्पेनसँग पहिलो खेल खेल्नेछ ।

कोस्टारिका विश्वकपमा छैटौँपटक छनोट भएको हो । टोलीको यो लगातार तेस्रो विश्वकप हो । सन् २०१४ मा कोस्टारिका प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुगेको थियो ।