नारायणघाट-मुग्लिन सडक खण्डमा पहिरो खसेर अवरूद्ध भएको सडक खुलेको छ। टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो।
पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ।