तीन जना कोरोना संक्रमित थपिए, २ जना बारा र १ जना बिरगंञ्ज बाट

१७ बैशाख, काठमाडौं । कोरोना भाइरसका बिरामी थपिने क्रममा आज बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन् ।
आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।