Breaking News

उपरथि प्रभुराम शर्मा रथीमा बढुवा

१७ बैशाख, काठमाडौं । नेपाल सरकारको बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले उपरथी प्रभुराम शर्मालाई रथीमा बढुवा गरेको रक्षा मन्त्रालय स्रोतले जनाएको
छ । सैनिक ऐनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसमा शर्माको बढुवाको लागि रक्षा मन्त्रलायमा पेस भएको थियो । यसअघि बलाधिकृत रथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले शर्माको नाम सिफारिस गरेको हो ।
वर्तमान प्रधानसेनापति थापापछि शर्मा नै रोलक्रममा छन् । थापाको कार्यकाल २०७८ भदौसम्म रहेको छ । सेनामा दुई रथी रहने प्रावधान छ । दोश्रो वरियतामा रहेका रथी (बलाध्यक्ष) गौरव तण्डुलले उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाउँदैछन् ।
बैशाख १९ गते तण्डुलको अवकास भएपछि शर्माले रथीको कार्यभार सम्हाल्ने सैनिक स्रोतले जनाएको छ । सेनामा पहिलो वरियतामा रहेका रथी(बलाधिकृत) शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अनिवार्य अवकास पाउँदैछन् । गिरीले अवकास पाएसँगै शर्मा पहिलो वरियताका रथी बन्नेछन् । शर्माको कार्यकाल २०७८ पुषससम्म रहने भएकाले अहिलेको सैनिक ऐनअनुसार उनी प्रधानसेनापति बन्न सक्नेछन् । उनी अहिले सम्भार रथी विभागको प्रमुख छन् ।