आम जनता निराश भई सक्य संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्नु होस्

–पूर्वसभामुख कृष्णबहादुर महरा

१७ बैशाख, काठमाडौं । सरकासरले ल्याएको ध्यादेशबाट उत्पन्न भएको नेकपा भित्रको राजनीतिलाई लिएर पूर्वसभामुख कृष्ण बहादुर महराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले विज्ञप्ति निकालेरै पूर्वसभामुख महराले नेकपाभित्रको विवादले आम जनता निराश भएको भन्दै संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपिल गरेका छन् ।
मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निराश भनेका छन् । यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन । अहिलेको विषय परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्यता देखिएको समते औंल्याएका छन् । उनले हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएको समेत जनाएका छन् । दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद,सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपिल गर्दछु । दलविभाजन अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्र विवाद चर्किदै गएको
छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालपक्षबीच विवाद चुलिएको छ । मनोमानी गरेको भन्दै प्रचण्ड र नेपाल पक्षधरले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट ओली राजिनामा दिनेपर्ने माग गरेका छन् भने प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन् ।
विवाद मिलाउन दुबै पक्षका नेता आन्तरिक छलफलमा जुटेपनि सहमति हुने सकेको छैन । विवादकै बिच आज बेलुकी पार्टी सचिवालय बैठक बोलाईएको छ । पार्टीमा विवाद चर्किरहेका बेला पूर्वसभामुख महराले विज्ञप्ति जारी गरेरै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । पूर्व सभामुख महरालाई संसद सचिवालयकी महिलामाथि बलात्कार केसमा थुनामा बसी थुना मुक्त भएपछि त्यति चर्चामा नभए पनि उनी बेला बेलामा बोलिरहेका हुन्छन् ।