Breaking News

उत्तर कोरियाको कोभिड महामारीको तथ्याङ्कबारे आफ्नो पहुँच नभएको सङ्कट गहिरिएको हुन सक्ने

विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उत्तर कोरियाको कोभिड महामारीको तथ्याङ्कबारे आफ्नो पहुँच नभएको तर त्यहाँ सङ्कट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार माध्यम केसीएनले सङ्क्रमणका घटनामा कमी आएको जनाएको थियो ।

डब्लूएचओका आपत्कालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन् ‘हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रो हुनेभन्दा पनि झन् बिग्रिएको छ ।’ विश्वबाटै एक्लिएको अधिनाकयवादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उनले बताए ।

उत्तरले यसअघि ‘ज्वरो’ बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड सङ्क्रमण देखिएको तर उसको आधिकारिक विवरणमा सङ्क्रमणलाई ज्वरो भनिएको पनि डब्लूएचओले जनाएको छ ।

डब्लूएओ