रङ्गशालामा दर्शक बिना नै इंग्लिस प्रिमियर लिग जुनबाट शुरु हुने

१६ बैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको सिजन २०१९,२० जुन पहिलो सातादेखि सुचारू गर्ने विषयमा शुक्रबार छलफल हुने भएको छ । दकोरोनाभाइरसका कारण मध्य मार्चदेखि स्थगित भएको लिग जुन ८ देखि सुचारू गर्ने विषयमा छलफल हुन लागेको हो। लिग जुलाईको अन्त्यमा सक्ने तयारी गरिएको छ । ब्रिटेनका खेलकुद मन्त्री ओलिभर डोडेनले आगामी महिनादेखि लिग संचालन गर्नका लागि तयारी गरिरहेको बताए ।
लिगअघि क्लबहरुलाई मे १८ देखि अभ्यास गर्न दिइने योजना बनाइएको
छ । यसअघि सोमबार आर्सनल, एभर्टन र वेस्ट ह्यामलाई उनीहरुको अभ्यास मैदानमा प्रशिक्षण गर्न दिइएको थियो। तर उनीहरुलाई अझै सामाजिक दूरी कायम राख्न भनिएको छ ।
टोटनह्यामले पनि मंगलबारदेखि अभ्यास गर्ने तयारी गरेको छ । लिग सुचारु गर्ने भए पनि रंगशालामा दर्शक भने उपस्थित हुन पाउनेछैनन् ।