नारी शब्द आफैंमा पनि एउटा पहिचान हो, परिभाषा हो, पवित्रता हो । नारी धर्ती हुन्, प्रकृति हुन््, धर्तीको शब्दकोश
हुन् । नारी शब्द आफैंमा पनि पवित्र छ । नारी सहनशीलताको प्रतिमूर्ति पनि हुन् । नारी शब्दलाई व्याख्या गर्न खोज्नु आफैंमा एक मूर्खता हुन जान्छ । प्रकृतिको अद्वितीय रचना हुन् नारी ।
हाम्र्रो समाजमा नारी शब्दको परिभाषा संकुचित छ । जन्मभन्दा अगाडि गर्भैदेखि नारीको जीवनमाथि समाजको पितृसत्तात्मक सोच हावी हुनथाल्छ । जुन समाजको आकार नारीले बढाइन्, त्यही समाजले तल्लो स्तरको दर्जा दिएको
छ । वषरैंदेखि नारीको आत्मबलमाथि समाजले निरन्तर प्रहार गर्दै आएको छ । कैयौं नारी समाजबाट तिरस्कृत हुने भयले आफ्नो अधिकार अनुसार बाँच्न छोडेर दायित्व, कर्तव्य र जिम्मेवारीको नाममा पीडित हुन बाध्य छन् ।
नारी स्वतन्त्रता सबैभन्दा ठूलो आवश्यकता हो । कुनै सभा, समारोहमा गएर मजाले नारी स्वतन्त्रता, महिला सुरक्षा तथा सशक्तीकरणका बारेमा बोल्न सकिन्छ । के हामीले कुनै सभा, समारोहमा जति दमदार भाषण प्रस्तुत गर्दछौं, त्यसरी नै काम गर्छौं रु जसरी भन्छौं, त्यसरी नै व्यवहार गर्छौं रु पछिल्लो समय बाहिर निस्केका केही घटनाले मान्छेका कतिवटा आवरण हुन्छन् भन्ने नै छुट्याउन मुश्किल बनाइदिएको छ । शिक्षकबाट बलात्कार, बावुबाट छोरी बलात्कृत, हाकिमबाट कर्मचारी बलात्कृत आदि आदि । कुनै पनि यस्तो ठाउँ छैन, जहाँ नारीहरू भन्न सकून् कि हामी स्वतन्त्र छौं । ‘भगवान’ सँग हरेक दिन पुरुषदेखि बचाऊ भनेर प्रार्थना गर्नुपरेको छ ।
समाजमा घट्ने एक जटिल घटना बलात्कार हो, जसले नारीको जीवन दिनदिनै जलिरहेको छ । छोरी भएर जन्मिएको कारण भयभीत भएर हिंड्नु परिरहेको छ । केही मिटरको दूरीमा रहेको पसलमा जान २० वर्षको दिदीको साथमा आठ वर्षको भाइ सँगै लिएर जानुपर्छ ।
समाजले निर्धारण गरेको, बनाएको संकुचित सोचकै कारण एउटा समाजमा मात्र नभई सिंगो संसारमा नारीहरू बन्दी र बलात्कृत भएका छन् । यो देशमा न्यायको खोजी गरिरहेकी एक पूर्व मोडेल र न्याय नपाएकी निर्मला पन्त जस्ता हजारौं नारी बलात्कृत भएका छन् । यी प्रतिनिधिमूलक घटना मात्र हुन् । वषौर्ंदेखि गुम्सिएर रहेको एक पूर्व मोडेलको आवाज विस्फोट भएको हो । यस्ता लाखौं आवाज दबिएर रहेका छन् । बारबार विस्फोट हुने प्रयासलाई रोकिएका छन् ।
कमजोरी नारीको होइन, समाजले दिएको संस्कार र चेतनाको परिमाण हो । समाजले नारी हरेक कुरा सहन सक्ने हुनुपर्छ भन्ने गलत संस्कार बसालिदियो । अनि पुरुषप्रधान समाजले आफ्नो हैकम जमाउन सुरु गर्यो । समाजले नै निर्माण गरेका संस्कारहरूले महिला वेदनाका पानाहरू पल्टाउन दिंदैन । चिच्याएर पीडा अभिव्यक्त गर्न दिंदैन । भावनाहरू पोख्न दिंदैन । साहस प्रदर्शन हुन दिंदैन ।
मेरो देशको कानुन बलियाका लागि मात्र बनेको हो, समान न्याय दिनको लागि होइन । पुरुषप्रधान भनिने मेरो समाज नारी प्रधान समाज किन हुन सकेन रु किनभने पुरुष शक्तिशालीका बिम्व हुन् । महिला निरीह, कमजोर र गृहिणीकी प्रतीक हुन् । कसले भत्काउँछ यस्ता बिम्व र प्रतीकहरू रु
पुरुषले जे गर्दा पनि हुने तर नारीले पलपल सोच्नुपर्ने रु यदि नारी स्वतन्त्रताको छुट भएको भए १६ वर्षमा बलात्कृत भएकी बालिकाले आठ वर्षसम्म आफ्नो पीडा दबाएर राख्नुपर्दैनथ्यो । समाजले महिलाको योनीमा राखिदिएको इज्जतले गर्दा कैयौं महिला निसास्सिएर बाँचिरहेका छन् । कानुन छ र भनेर बारबार प्रश्न गर्छन् । न्यायालयसम्म पुगे पनि न्याय मर्छ । त्यसपछि उनीहरू आफू मरी(मरी बाँच्छन् ।
नारीले नारीको पीडा बुझेको भए धेरै नारी साहसी बन्थे होलान् । आफ्नो कुराहरू सेयर गर्थे होलान् । आफ्ना समस्याका समाधानबारे बहस गर्थे होलान् । समाजले यस्तो वातावरण सिर्जना गरिदिएको छ, चारपाँच जना एकातिर चारपाँच जना अर्कोतिर बसेर एकअर्काको कुरा काटिरहेका हुन्छन् । के त्यसरी नै महिलालाई काममा लगाएको भए काम गर्न सक्थेनन् होला रु के उनीहरू त्यही सर्कलमा महिला सशक्तीकरणका कुरा गर्न सक्थेनन् होला रु यो तिनी महिलाको दैनिकी होइन, समाजको चेतना हो ।
कुनै एक नारीको समस्या छ भने उनको न्यायका लागि देशभरिकै नारीहरू जाग्नुपर्छ । साथ दिनुपर्छ । होइन भने कसले दिन्छ साथ रु कसले दिन्छ न्याय रु कानुन छैन भने बनाऊ । हराएको हो भने खोज । न्याय सुतेको छ भने जगाऊ । कुनै हालतमा पनि हामी पन्छिन मिल्दैन ।
के यो संसारमा हामी शोषित, पीडित हुनका लागि मात्र आएका हौं रु होइन भने आफ्नो स्वतन्त्रता प्राप्तिका लागि हामी लड्नुपर्छ । गाउँ गाउँबाट उठौं । बस्ती बस्तीबाट उठौं । सहरका टोलटोल, गल्लीगल्लीबाट उठौं । जागौं ।
घटना सार्वजनिक भएकी युवती जस्तै सौन्दर्य प्रतियोगितामा सपना सजाएका हजारौं नारी छन् । के अब उनीहरूले पनि यस्तै अवस्था भोग्नुपर्ने हो रु सौन्दर्य प्रतियोगिता शृङ्गार र पहिरन मात्र प्रदर्शन गर्ने प्लेटर्फम नभएर आफूमा भएको खुबी पनि प्रस्फुटन गर्ने मौका हो । तर, यस्ता घटनाहरूले नारीको अस्मितामाथि ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ । अब के प्रश्न पनि उठ्छ भने हरेक वर्ष देशभरि सयौं यस्ता प्रतियोगिता हुन्छन्, के उनीहरू सुरक्षित छन्, हुन्छन् रु
कहिलेकाहीं धेरै पीडित नारीको आवाज एकजना पीडित महिलाको एउटा आवाज होइन । हजारौं नारीको विस्फोटक आवाज हो । हरेक पीडित नारीको साहस हो । यस्ता आवाजले मरी(मरी बाँच्ने होइन, ज्यूँदै बाँच्ने ऊर्जा दिन्छन् । आँट दिन्छन् । एक नारी पीडित हुँदा देशभरका महिला तथा पुरुष साथीहरू जसरी न्यायको लागि सडकमा प्रदर्शनका लागि निस्किए, त्यसरी नै समाज रूपान्तरणका लागि पनि बुद्धि र विवेक पुगेका युवाहरूले सोच्न जरूरी छ । समाज रूपान्तरणको एकमात्र अस्त्र भनेको चेतना हो । हामीले समाजको चेतनामा काम गर्नुपर्छ । यस्तो काम गर्न धेरै ढिलो भइसकेको हुनेछ । समाज रूपान्तरणको थालनी गरौं । अहिले गरौं । आजदेखि गरौं ।
(लेखक मध्यपश्चिम विश्वविद्यालयमा कानुन संकायमा अध्ययनरत छिन् ।)
अनलाइनखबरबाट