स्थानीय तह निर्वाचन समापनको चरणमा छ । ७५३ पालिकामध्ये ७०० माथिको परिणाम सार्वजनिक भइसक्दा जित(हारका विश्लेषण भइरहेका छन् । खासगरी, मुलुकको सबभन्दा ठूलो दल नेकपा ९एमाले० ले अपेक्षित सफलता हासिल गर्न सकेरनसकेका बारेमा चर्चा(परिचर्चा केन्द्रित छन् । र, नेकपा ९एमाले० ले यस निर्वाचनमा ‘शर्मनाक’ र ‘लज्जास्पद’ रूपमा हारेको संकथन ९न्यारेटिभ० निर्माण गर्ने कोसिस पनि भइरहेको छ ।
सबै तथ्य आइसकेका छैनन् । तर, प्राप्त परिणामलाई विश्लेषण गर्दा प्रश्न उठ्छ( के नेकपा ९एमाले०ले ‘शर्मनाक’ रूपमा हारेको र अरूले ‘दिग्विजय’ हासिल गरेका हुन् त रु के अरूले चर्चा गर्ने गरे जस्तो कांग्रेस र माओवादीको पुनरुत्थान नै भएको हो त ?
तथ्यहरूले त्यसो भन्दैनन् । हो, एमालेले अपेक्षित सफलता हासिल गर्न सकेन र गत निर्वाचनमा २९४ पालिकाको नेतृत्व गरेर पहिलो भएको दल यसपटक २०० हाराहारी पालिकामा झर्नु परेको छ । तर, जनमत परीक्षण र निर्वाचन विश्लेषणका लागि पालिकाको नेतृत्व मात्रै पर्याप्त हुँदैन, त्यसका लागि समग्र जनमत विश्लेषण गर्नुपर्छ ।
अहिले सबै नतिजा आउनै बाँकी छ । देशभरका उम्मेदवारहरूले प्राप्त गरेको मत जोडेर औसत निकालेपछि कुन पार्टीको अवस्था के छ भन्ने धरातल थाहा हुन्छ । निर्वाचनमा कुन दलले जित्यो र कुन दलले हार्यो भन्नका लागि पहिला हरेक दलले प्राप्त गरेको मत केलाउनुपर्छ ।
सबैलाई थाहा छ, यसपटकको निर्वाचन दलहरूका बीचमा नभएर पाँचदलीय गठबन्धन र नेकपा ९एमाले० का बीचमा भएको छ । दलहरू स्वतन्त्रतापूर्वक चुनाव लडेको भए सबैको वास्तविक शक्ति थाहा हुन्थ्यो । तर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा एउटै मोर्चाबाट चुनाव लडेकाले उनीहरूमध्ये कसले कति मत प्राप्त गरे र कसको वास्तविक शक्ति कति हो भनेर छुट्याउन गाह्रो छ ।
नेकपा (एमाले) का हकमा त्यस्तो छैन । ३५ हजार जनप्रतिनिधिमध्ये करिब ३४ प्रतिशत स्थान हासिल गरेर नेकपा ९एमाले० ले आफूलाई बलियो शक्तिका रूपमा स्थापित गरेको छ । कांग्रेसले एमालेको भन्दा बढी सिट जिते पनि त्यो उसको आफ्नो मात्र शक्तिबाट आर्जित होइन । त्यसैले फेरि पनि कुन दल कति बलियो छ भन्नका लागि अन्तिम परिणाम आइसकेपछि उम्मेदवारहरूले प्राप्त गरेको मत जोडेर हिसाब निकाल्नुपर्छ ।
नेकपा (एमाले) ले आफ्ना विरुद्धमा भइरहेका सबै खालका मोर्चाबन्दीहरूलाई नबुझेको होइन । २८ असार २०७८ मा सर्वोच्च अदालतको दुरुपयोग गरेर निर्माण गरिएको पाँचदलीय मोर्चामार्फत के-के गर्न खोजिएको छ भन्ने एमालेलाई राम्ररी थाहा छ ।
विकास, समृद्धि, देशभक्ति र अग्रगमनको झण्डालाई बलियो गरी समातेको शक्तिलाई कमजोर नपारी नेपाललाई कमजोर पार्न सकिन्न भनेर बुझेकाहरूले एमालेलाई फुटाउने, कमजोर बनाउने, एक्ल्याउने र शक्तिहीन बनाउने अनेक प्रयासहरू गरे पनि ती सबै प्रयास असफल भएका छन् । जनताको मतद्वारा नेकपा ९एमाले० ले पुनः वैधता प्राप्त गरेको छ र मुलुकको भरपर्दो शक्तिका रूपमा आफूलाई स्थापित गरेको छ ।
पार्टी विभाजनको मनोविज्ञान बोकेर निर्वाचनमा जानु यसै पनि कम कष्टकर कुरा होइन । पार्टी र देशको नेतृत्व गरिसकेका, पार्टीबाट मन्त्री, सांसद, मेयर आदि भइसकेका, पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा बसिसकेका नेताहरूको पंक्ति बाहिरिंदा त्यसको केही पनि प्रभाव पर्दैन भन्ने होइन । तर, छाड्नेहरूले त छाडी गए, रहेकाहरूले हिम्मतका साथ पार्टीलाई अघि बढाउनुबाहेक कुनै विकल्प रहँदैन । र, नेकपा ९एमाले० को नेतृत्वले दृढताका साथ त्यही गरेका कारण थप क्षति हुन पाएन ।
कांग्रेस र माओवादीले जितेको स्थानीय तहमध्ये करिब ४० प्रतिशत जस्तो एक(अर्काको सहयोगमा जितेका छन् । कांग्रेस एकल लडेर जितेका पालिकाहरू कति छन् रु माओवादीले एकल लडेर जितेका पालिकाहरू कति छन् , अनि ती दलहरूले आ-आफ्नो चिहृनमा प्राप्त गरेको मत संख्या कति छ रु यी सबै कुराको मसिनो विश्लेषण नगरी चुनावमा कसले जितेको र कसले हारेको भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ ।
नेकपा (एमाले) ले हारेर पनि हार स्वीकार गर्न नसकेको र यसका नेताहरूमा अझै ‘दम्भ’ रहेको प्रचारवाजीका पछाडि एमालेलाई जसरी पनि ‘हारेको’ प्रमाणित गर्ने नियत लुकेको छ । भनिरहनै पर्दैन, नेकपा (एमाले) ले संख्यात्मक रूपमा पहिलो शक्ति हुन सकेन, दोस्रोमा झरेको छ । एउटा लोकतान्त्रिक, जन-आधारित र लोकप्रिय पार्टी हुनुका नाताले नेकपा (एमाले) जनताले दिएको आदेशलाई शिर झुकाएर सम्मान गर्दछ ।
साथै, राजनीतिक दल भएका कारण यो कुरामा एमाले चनाखो छ, जनताको अभिमतलाई स्वतन्त्र रूपमा अभिव्यक्त हुन कत्तिको दिइएको छ रु निर्वाचनमा सत्ताको दुरुपयोग गर्दै धाँधली गरिएको कुरा एमालेले सप्रमाण सार्वजनिक गर्दा त्यसलाई ‘हारको मानसिकता’ का रूपमा व्याख्या गर्नेहरूलाई थाहा हुनुपर्ने हो, आफैं चुनाव गराएको कांग्रेसले समेत कतिपय ठाउँमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेको छ ।
स्थानीय निर्वाचन मूलतः स्थानीय एजेन्डामा आधारित हुन्छ । स्थानीय विशेषता, अन्तरविरोध, सन्तुलन, लोकप्रियता जस्ता कुराले स्थानीय निर्वाचनलाई बढी प्रभावित गर्दछ । पाँच दल मिलेका छन् भन्नेबित्तिकै तटस्थ मानिसहरूका मनमा ‘ए, यसपटक एमाले हार्ने भएछ’ भन्ने धारणा स्वतः विकास हुने नै भयो । थपमा, पार्टीमा सानो भए पनि विभाजन भएका कारण उत्पन्न मनोवैज्ञानिक त्रास त छँदैथियो ।
गत निर्वाचनमा धेरै ठाउँमा जितेको छ र सत्तामा भएका कारण हुन सक्ने नकारात्मक क्षतिबाट पनि एमाले यसपटक प्रभावित भएको छ । पहिलो पटकका स्थानीय तह भएका कारण कतिपय प्रक्रियागत झन्झट, कतिपय अनुभवको कमी र कतिपय स्थानीय अन्तरविरोधहरूका कारण त्यसको नकारात्मक प्रभाव चुनावमा परेको अनुभूति भएको छ ।
यस्तो अवस्थामा पनि पार्टीले जुन जनमत निर्माण गरेको छ, यसबाट स्पष्ट रूपमा नेकपा (एमाले) ले आफूलाई बचाएको छ । नेतृत्व तहमा उत्पन्न बेमेल र त्यसबाट उत्पन्न विभाजनको दुःखद अवस्थालाई चिरेर आम कार्यकर्ता र मतदाताले नेकपा (एमाले) लाई सग्लो रूपमा बचाइदिएका छन् । अब यसलाई निर्णायक र परिणाममुखी बनाएर आउँदो चुनावमा विजयी बनाउने जिम्मेवारी नेतृत्वको काँधमा छ ।
नेकपा (एमाले) अनेक हण्डर, ठक्कर र चक्कर भोगेर यहाँसम्म आइपुगेको छ । पार्टी एकता, एकता भंग र आफ्नै साविकको पार्टीसमेत विभाजनको कष्टसाध्य बाटोबाट एमाले सहज चौतारीमा आइपुगेको छ । अब एमालेलाई घेराबन्दी गर्ने यसभन्दा बाँकी उपाय छैनन् ।
भएभरका जम्मै दल मिल्दा पनि एमालेलाई चाहे जसरी हराउन सकेनन् भने अब यसभन्दा बढी चाहिं के नै गर्न सक्छन् र भन्ने मनोविज्ञान नेकपा (एमाले) का नेता-कार्यकर्तामा निर्माण भएको छ । पार्टीको अवस्था के कस्तो होला भनेर अन्योलमा रहेको पंक्ति पनि चुनाव परिणामपछि स्पष्ट भएको छ । अब अझ बढी ऊर्जा र स्पष्टताका साथ त्यस्तो पंक्ति पार्टीमा सक्रिय हुन्छ ।
चुनावका बेला हुने कतिपय स्वाभाविक र कतिपय अस्वाभाविक समस्याहरूबाट नेकपा (एमाले) पृथक् रहन सकेन । उम्मेदवारी चयनमा पर्याप्त मात्रामा छलफल र सहमतिको प्रयासभन्दा पनि प्रक्रियागत रूपमा बढी ध्यान दिएका कारण असन्तुष्टिहरूलाई बेलैमा सम्बोधन गर्न नसक्दा उल्लेख्य रूपमा क्षति भएको छ । अन्तर्घात जस्ता कांग्रेसमा मात्र देखिने रोग एमालेमा सर्न थालेको महसुस यसपटक भएको छ ।
यस बाहेक निर्वाचनका बेला सत्तापक्षले प्रयोग गर्ने पैसा र शक्तिको प्रभाव एमालेभित्र पनि परेको तीतो अनुभूति भएको
छ । अन्तिम बेलामा उम्मेदवार परिवर्तन गर्ने जस्ता गर्नै नहुने कामहरू हाम्रा लागि पाठ भएका छन् । साथै, लामो इतिहास भएको पार्टी भएका कारण धेरै पुराना नेता-कार्यकर्ताहरू नेतृत्वमा रहने र उनीहरूको बढी ध्यान पुरानैतिर केन्द्रित हुने कुराबाट अब एमालेले आफूलाई मुक्त गर्नैपर्छ । नयाँ पुस्तालाई बढी विश्वास र भरोसा गरेर निर्वाचनमा पठाउनुपर्छ ।
चुनावपूर्व अध्यक्ष केपी शर्मा ओलीले गरेको अथक् मिहिनेत, राष्ट्रव्यापी दौडधुप, पार्टी पंक्ति परिचालन जस्ता कुराले नेकपा (एमाले) को क्षतिलाई धेरै हदसम्म न्यूनीकरण गरेको छ । आजको अवस्थामा अध्यक्ष ओलीलाई कमजोर बनाउनु नै एमालेलाई कमजोर बनाउनु हो भन्ने बुझेकाहरूले उहाँको सक्रियता, पहलकदमी र उत्साहलाई नकारात्मक रूपमा प्रचार गर्न खोजेका छन् । तर पनि एमाले पंक्तिका लागि त्यो ऊर्जाको विषय बनेको छ । यदि अध्यक्ष ओली त्यसरी नखटेको भए पार्टीको अवस्था के हुन्थ्यो होला भन्ने कुरा पार्टी पंक्तिले बुझेको छ । शरीर शिथिल बनाउन टाउकामा प्रहार गर्नुपर्छ भनेर बुझेकाहरूले एमालेलाई कमजोर बनाउन नेतृत्वमाथि प्रहार केन्द्रित गरेका छन् भन्ने कुरा बुझिएकै छ ।
समग्रमा नेकपा (एमाले) ले हारेको छैन । स्थानीय निर्वाचनमा थोरै मतको अन्तरमा हार-जित हुन्छ । त्यसमा सबै दल एकातिर उभिंदा विजय हुनका लागि थोरै मत नपुग्नुलाई जनमत घटेको रूपमा लिन मिल्दैन ।
सत्तारुढ गठबन्धन कायम रहिरहृयो वा गठबन्धनले मात्र भएन, अब एउटै पार्टी बनाएर निर्वाचनमा जाऔं भनेर उनीहरूले एउटै पार्टी बनाए भने त्यसमा एमालेले केही गर्न सक्दैन । अन्यथा जनमत, संगठन परिचालन, नेतृत्व जस्ता विषयमा एमालेले निराश हुनुपर्ने कारण छैन ।
किनभने, यस पटकको निर्वाचनबाट जनमतको रक्षा भएको छ, पार्टी पंक्ति अपूर्व रूपमा परिचालन भएको छ र नेतृत्व एकताबद्ध बनेको छ । एउटा जीवन्त पार्टीका लागि यति आधारभूत कुरा ठीकठाक भइसकेपछि बाँकी कुरा स्वतः गौण हुन्छन् ।
अनलाइनखबरबाट