Breaking News

नेता नवराज सुवेदीले राप्रपाको साधारण सदस्य नरहने घोषणा

४ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक एवम् पञ्चायतकालीन नेता नवराज सुवेदीले आजदेखि राप्रपाको साधारण सदस्य पनि नरहने घोषणा गरेका छन् ।

आज राजावादी पक्षधरहरूले आयोजना गरेको एक भेलापछि पत्रकार सम्मेलनमा बोल्‍दै उनले यस्तो बताएका हुन् ।
म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु। उनले राज्य सञ्चालनका लागि राजनीति दलहरू दुवै अटाउन सकुन् भन्ने आफूहरूको चाहना रहेको बताए ।

‘नवीन समझदारी त्यस्तो अवधारणा हो, जहाँ देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म– संस्कृति, परम्परा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतीकका रूपमा राजसंस्था अनि नियमित शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीको प्रस्तावलाई दलहरूले तत्काल सम्बोधन नगरेको नेपालका हरेक परिवर्तन आन्दोलनको बलमा हुँदै आएको पृष्ठभूमिमा हामी भने सकेसम्म निश्चित एजेन्डाका साथ प्रस्तुत भएका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।