इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३(२ गोलको रोमाञ्चक जित निकाल्दै सिटी सिजनको लिग च्याम्पियन बनेको हो।

खेलमा सिटी २(० गोलले पछि परेको थियो। जसका कारण लिभरपुललाई फाइदा हुने स्थिति थियो।

तर सिटीले उत्कृष्ट पुनरागमन गर्न सफल भयो।

सिटीका लागि गुन्डोआनले ७६ मिनेटमा पहिलो गोल गरेका थिए। रोद्रीले ७८ मिनेटमा बराबरी गोल फर्काएसँगै सिटी खेलमा फर्कियो।

८१ मिनेटमा गुन्डोआनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। जसका कारण सिटीले पाँच मिनेट भित्रमा तीन गोल गर्दै खेलमा ३(२ को अग्रता लियो।

दोस्रो स्थानको लिभरपुलले वुल्भ्समाथि ३(१ को जित निकाल्यो।

लिभरपुल पनि खेलमा पछि परेको थियो। वुल्भ्सका नेटोले तेस्रो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

तर लिभरपुलका लागि मानेले २४ मिनेट र सलाहले ८४ मिनेटमा गोल गरे। यस्तै रोबर्टसनले ८९ मिनेटमा तेस्रो गोल गरे।

जित निकाले पनि लिभरपुल दोस्रो स्थानमा सीमित बन्यो।

उपाधि जित्न लिभरपुल आफूले जित निकालेर मात्र पुग्दैन थियो, सिटीले बराबरी वा हार बेहोर्नु पर्ने थियो। अन्तिम खेलसँगै सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक बटुल्यो।

यससँगै सिटीले पछिल्लो दश वर्षमा छैटौं पटक प्रिमियर लिगको उपाधि जित्न सफल भयो।

लिगमा चेल्सी ७४ अंक जोड्दै तेस्रो र टोटेनहम ७१ अंकसहित चौथो बने। अन्तिम दिन टोटेनहमले नर्विचलाई ५(० र चेल्सीले वाटफोर्डलाई २(१ ले हराए। सिटी र लिभरपुलसहित चेल्सी र टोटेनहम च्याम्पियन्स लिगमा पुग्न सफल भए।

अन्तिम दिन न्युकासलसँग पराजित भएको वर्नली रेलिगेसनमा पर्‍यो भने ब्रेन्टफोर्डलाई हराएको लिड्स रेलिगेसनबाट बच्यो।